दशैँमा सबै बैङ्कका शाखा बन्द हुने

काठमाडौं । यस वर्ष दसैमा बैङ्कका सबै शाखाहरु बन्द हुने भएका छन् । विगतमा दशैँ बिदाको समयमा पनि तालिका निकालेर केही घण्टाका लागि खुल्ने गरेका बैङ्कहरू यसपालि बन्द हुने भएका हुन ।

दशैँको बिदा अवधि कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म सबै बैङ्कका शाखा बन्द हुने नेपाल बैङ्कर्स सङ्घले जनाएको छ ।

कोभिड–१९ का कारण बैङ्कका कर्मचारीसमेत प्रभावित भएकाले सो समयमा शाखा खोल्न नसकिने सङ्घले जनाएको छ । बैङ्कका शाखा नखुले पनि डिजिटल बैङ्किङ र एटीम सेवा भने नियमित हुने छन् ।

कोरोना सङ्क्रमणपछि नेपाल राष्ट्र बैङ्कले जुनसुकै बैङ्कको एटीएम अर्को बैङ्कमा प्रयोग गर्दा थप शुल्क नलाग्ने व्यवस्था गरेको छ ।


प्रकाशित | ५ कार्तिक २०७७, बुधबार ०९:३४