कुँवर नेतृत्वको एनआरएनएद्धारा कतारमा २३ सदस्यीय तदर्थ समिति गठन, अमेरिकामा एक साताभित्र गठन गर्ने तयारी

काठमाडौं:  विनोद कुँवर नेतृत्वको गैर आवासीय नेपाली संघले विभिन्न देशमा एनसिसी गठनलाई तीब्रता दिएको छ । त्यसै सिलसिलामा मध्यपूर्वको प्रभावशाली मानीने कतारमा पनि तदर्थ समिति गठन गरेको छ ।

अध्यक्ष कुँवरका अनुसार लामो समयको प्रयासपछि कतारमा नयाँ कार्यसमिति गठन भएको हो । कतारमा आयोजित एनआरएनहरूको एक बिशेष भेलाले सुरेश भट्ट आश्रीनको अध्यक्षतामा सर्वसम्मत रुपमा २३ सदस्यीय तदर्थ कार्यसमिति चयन गरिएको हो ।

आइसिसी सदस्य सरिता चिलुवाल पोखरिया, आइसिसी सल्लाहकार धरम केसी, आइसिसीका मानार्थ सदस्य आरसी पन्त र ध्रुबराज अधिकारीको सहभागितामा नयाँ कार्यसमिति गठन गरिएको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

गठन हुने एनसिसीमा कतार मध्यपूर्बमा तेस्रो र बिश्वमा पाँचौ बनेको पनि अध्यक्ष कुँवरले बताउनु भयो । यस अघि साउदी अरब, ओमान, क्यानडा र क्रोयसियामा एनसिसीहरू गठन भइसकेका छन् ।

अध्यक्ष कुँवरले आफूहरुको समर्थनमा यूके र नेदरल्याण्ड्स रहेको बताउँदै अमेरिकामा एक साताभित्रै नयाँ कार्यसमिति गठन हुने जानकारी दिनु भयो ।

यस्तो छ कतारमा गठन भएको नयाँ कार्यसमिति

१.अध्यक्ष – सुरेश भट्ट

२. वरिष्ठ उपाध्यक्ष – सुनिल कुमार घिमिरे

३. उपाध्यक्ष – सोम नाथ कँडेल

४. उपाध्यक्ष – मोहम्मद कलम हुसेन खान

५. महिला उपाध्यक्ष – मञ्जु खनाल आचार्य

६. महासचिब – ध्रुब राज अधिकारी

७. सचिब – पुष्प राज कोइराला

८. सचिव – प्रेम नेपाल

९. सचिव – रमेश पौडेल क्षत्री

१०. कोषाध्यक्ष – सुर्य नारायण सापकोटा

११. सह कोषाध्यक्ष – अब्दुल रहमान

१२. युवा संयोजक – हेम राज रिमाल

१३. सदस्य – राधाकृष्ण अधिकारी

१४. सदस्य – रुप बिश्वकर्मा

१५. सदस्य – अमित रिजाल

१६. सदस्य – योगेन्द्र तामांग

१७. सदस्य – मुहसिन नासिर

१८. सदस्य – प्रकाश बराल

१९ सदस्य – प्रकाश यादव

२०. सदस्य – लोक बहादुर बराल

२१. सदस्य – अजय कुँवर

२२. सदस्य – सबिना आचार्य

२३. सदस्य – आरिक शेख


प्रकाशित | २९ श्रावण २०७९, आईतवार ११:५२