असार २५ देखि २८ गतेसम्म यो वर्षकै धेरै पानी पर्ने, सावधान रहन आग्रह

काठमाडौँ : आगामी चार दिन यो वर्षकै धेरै पानी पर्ने भन्दै मौसमविद्हरुले सावधानी अपनाउन आग्रह गरेका छन् । मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको धेरै पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका हुन ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठका अनुसार असार २५ देखि २८ सम्म प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशमा मनसुन शुरु भएपछिको अहिलेसम्मकै बढी वर्षा हुने अनुमान गरिएको हो ।

तराई तथा चुरे क्षेत्रबाट बग्ने नदी, खोला तथा खहरेमा बाढी बढ्ने र समतल भूभागमा डुबानको सम्भावना हुने भएकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।


प्रकाशित | २५ असार २०७७, बिहीबार ०९:१६