‘यात्रा’को बिशेष शोमा दर्शकले गरे सलिनमानको प्रशंसा

चलचित्र : ‘यात्रा’को बिशेष शोमा सलिनमानले निकै प्रशंसा पाउनुभएको छ । प्रिमियरमा चलचित्र हेरेका अधिकांश कलाकारले चलचित्रबारे राम्रो प्रतिकृया दिएका छन् । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाले ‘यात्रा’ लाई पैसा असुल फिल्म बताउनुभयो । त्यस्तै,सिताराम कट्टेल र कुञ्जना घिमिरे, रेखा थापा, सन्दीप क्षेत्री, निर्माता माधव वाग्ले, अभिनेता रमेश उप्रेती, निर्देशक दीवाकर भट्टराईलगायतले चलचित्र राम्रो बनेको र मेरो हजुर २ु मा आफुलाई निखार्न नसकेका सलीनको अभिनय उत्कृष्ट बनेको बताउनुभएको छ । यात्राको शुक्रवार राम्रो व्यापार गरेको वितरक तथा निर्माता शुशील पोखरेलले बताउनुभएको छ । शुक्रवार फिल्मले देशभर ६० प्रतिशत ओपनिङ अकुपेन्सी कायम गरेको समेत पोखरेलले बताउनुभयो ।

 


प्रकाशित | ३० चैत्र २०७५, शनिबार २१:४२