एनआरएनको सुझाव अनुसार नै नागरिकता विधेयक पारित हुनेमा विश्वस्त छु: कुमार पन्त

काठमाडौं : गैर आवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपालीहरुको सुझाव अनुसार नै नागरिकता विधेयक पारित हुनेमा विश्वस्त रहेको बताउनु भएको छ ।

सरकारले यसअघि संसदमा दर्ता गरेको नागरिकता विधेयक फिर्ता लिदैं पुनः संशोधनसहितको नागरिकता विधेयक संसदमा दर्ता गरेपछि विश्व सन्देशसँग कुराकानी गर्दैै अध्यक्ष पन्तले गैर आवासीय नेपालीहरुको सुझाव र भावनाअनुसार नै नागरिकता विधेयक पारित हुनेमा विश्वस्त रहेको बताउनु भएको हो ।

अध्यक्ष पन्तले गैर आवासीय नेपाली संघका अग्रज तथा अभियन्ताहरुको लामो समयको प्रयास र पहलपछि गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनको चरणमा पुगेकोमा खुसी समेत ब्यक्त गर्नु भयो ।

गैर आवासीय नेपालीहरुको प्रमुख मुद्दाको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरताका लागि सन् २००३ सालदेखि सयौ बैठक, छलफल, सेमीनारमा अग्रज तथा अभियन्ताहरुले समय बिताएको र त्यसैको प्रतिफल भएको पन्तको भनाइ छ ।

पन्तले सरकारले दोहोरो नागरिकता दिदा पनि केहि फरक नपर्ने भए पनि अहिलेको लागि यो उपलब्धी नै ठूलो कुरा भएको बताउनु भयो ।

नागरिकता विधेयक पारित भएसँगै एनआरएनको रुपान्तरणको लागि महत्वपूर्ण सहयोग पुग्ने पनि उहाँले बताउनु भयो ।

संशोधनसहित पेश गरिएको विधेयक पारित भएमा नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानले वंशजको आधारमा नागरिकता पाउनेछन् ।

यस्तै नेपाली आमाबाट नेपालमै जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान नभएका व्यक्तिले पनि वंशजको आधारमा नागरिकता पाउने व्यवस्था गरिएको छ । नेपालमा फेला परेका तर, बाबु र आमाको ठेगान नभएका नाबालकलाई पनि वंशजको आधारमा नागरिकता लिन सक्नेछन् ।

त्यस्तैगरि, गैर आवासीय नेपाली नागरिकतालाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता लिने बाटो खोल्नेछ ।

यस्तो छ सरकारले संसदमा दर्ता गराएको नागरिकता विधेयक


प्रकाशित | २७ असार २०७९, सोमबार ०९:३०