एनआरएनए जापानको नवौँ वार्षिक साधारण सभा : ७ बुँदे निर्णयसहित संशोधित विधान पारित

टोकियो : गैर आवासीय नेपाली संघ जापानको नवौ बार्षिक साधारण सभा ७ बुँदे घोषणा पत्र जारी गर्दै सकिएको छ । संघको हालै सम्पन्न साधारण सभाले ७ बुँदे घोषणपत्र जारी गरेको हो ।साधारणसभाले जापानका बिभिन्न प्रान्तमा रहेका नेपाली हरुको अध्यन गरी आवस्यक परेका प्रान्तमा क्षेत्रीय समिति गठन गर्ने प्रकृयालाई अगाडी बढाउने र थोरै संख्यामा बसोवास गरेका क्षेत्रमा सम्पर्क व्यक्तिको चयन गर्ने, राष्ट्रिय समन्वय परिषदले गरेका हरेक गतिविधिलाई अभिलेखको रुपमा राख्नको लागि आइसीसी संगको परामर्शमा छुट्टै होमपेजको व्यवस्थागर्ने र हरेक क्षेत्रको पनि पहुँच हुन सक्ने प्रावधान राख्ने निर्णय गरेको छ ।

त्यस्तै, उच्च स्तरीय समितिको परामर्शमा जापानमा रही बिभिन्न क्षेत्रमा कार्यरत बिज्ञहरुको पहिचान गर्ने र एनआरएनए अभियानमा ओहाहरुको सहभागितामा बढाउदै लैजाने, जापानमा आर्जित सिप, ज्ञान, प्रविधि र आर्थिकलाई नेपाल सुहाउदो तरीकाले कसरी कार्यान्वायन गर्न सकिन्छ भन्ने विषयलाई समेटी बिज्ञ समूहहरुसँग परामर्श साथै अन्तरक्रिया जस्ता कार्यमा जोड दिने, जापानमा महिला दिदी बहिनी हरुको संख्या उल्लेख्य रहे पनि एनआरएनए अभियानमा सहभागीता न्यून रहनु बिडम्बना भएको बताउँदै महिला सहभागिता तथा सशक्तीकारण र बिभिन्न अन्तर्कृया र बहस जस्ता कार्यक्रमहरुलाई जोड दिने निर्णय गरेको छ ।

साधारणसभाले युवा तथा बिद्यार्थीहरुको एनआरएनए अभियानमा सहभागी हुन उत्प्रेरित कार्यक्रमहरु अगाडी ल्याउने, आइसीसीले अगि सारेका बिभिन्न अभियानमा सहभागी तथा कार्यान्वयनमा जोड दिन निर्णय पनि गरेको छ ।

बन्द सत्रमा महासचिब जनक बिक्रम शाहीले बार्षिक कार्य प्रगति प्रतिवेदन र ३ सदस्यीय विधान समिति (महासचिब ,सचिब र प्रबक्ता ) ले संसोधन सहितको बिधान प्रस्तुत गर्नु भएको थियो।

एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले साधारणसभामा पेस भएको प्रतिबेदन र संसोधित विधान उपस्थिती संख्याको ठुलो संख्याको समर्थनमा पास भएको हो । विधान सम्बन्धि आएका केहि सुझाव र सल्लाहलाई अध्ययान गरि बिधानमा संलग्न गर्ने अधिकार बिधान समितिलाई दिएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

संसोधित बिधानमा सल्लाहकार र मानार्थ सदस्यले अध्यक्ष पदमा बाहेकका सबै पदमा उम्मेदवार दिन दिन सक्ने भएको छ भने यस अघि पदाधिकारी पदमा उमेदवार दिन बञ्चित गरिएको थियो । अब महिला उपाध्यक्ष सहित चार खुल्ला उपाध्यक्ष गरी पाँच उपाध्यक्ष रहने छ भने यस अघि युवा र क्षेत्रीय उपाध्यक्षको ब्यबस्था गरिएको थियो। सचिब पदमा पनि एक महिला सहित दुई खुल्ला सचिब पद रहने छ यस अघि भएको क्षेत्रिय सचिब भने हटाईएको छ।

संसोधित बिधानमा निम्नानुसार नयाँ प्रावधानहरु राखीएको छ:-

१)हालको ३ प्रकारको सदस्यीय प्रवाधनालाइ ५ सदस्यीय बनाइएकोछ जसअनुसार

  • उच्च स्तरीय सल्लाहकार परिषद सदस्य
  • सम्बद्द सदस्य

२) हालको ५ उपाध्यक्ष मध्य १ क्षेत्रीय उपाध्यक्ष रहने प्रावधानलाइ परिवर्तन गरी ५ उपाध्यक्षनै रहने सबै खुला प्रतिशप्रधा बाट आउनु पर्ने, बरिस्ठ उपाध्यक्ष, महिला उपाध्यक्षको जिम्मेवारी बिधानमा स्पस्ट पार्ने र अन्य उपाध्यक्षको जिम्मेवारी भने बिधानमै उल्लेख बमोजिम निर्वाचन पश्चात तोकिने।

बिभाग हरु निम्न प्रकार रहनेछन्।

१)कानुनि परामर्श, सरकारी समन्वय र संस्थागत बिकास र बृदी मामीला बिभागको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष अनिवार्य

२) महिला ससक्तिकरण, लैंगिक समानता, मानवअधिकार तथा बालकल्याण मामिला बिभाग महिला उपाध्यक्ष अनिवार्य

३) शीप, ज्ञान, नीति तथा कौशल मामिला बिभाग

४) यूवा ससक्तिकरण तथा खेलकुद मामिला बिभाग

५) शिक्षा तथा बिद्यार्थी मामिला बिभाग

६) आप्रवासन इमिग्रेशन तथा श्रम मामिला बिभाग

७) ब्यापार, लगानी, पर्यटन तथा रोजगार मामिला बिभाग

८) नेपाली भाषा, साहित्य, कला र सांस्कृतिक मामिला बिभाग

९) प्रकोप व्यवस्थापन, परोपकार तथा मानववीय सहायता मामिला बिभाग

१०) सुचना, प्रविधि तथा प्राविधिक मामिला बिभाग

११) क्षेत्र विस्तार तथा समन्वय मामिला बिभाग

३) क्षेत्रको कार्य समिति सदस्य संख्याको आधारमा नभई सबै क्षेत्रमा २३ सदस्यीय समिति रहने |

४) राष्ट्रिय समन्वय परिषदका पदाधिकारी, सदस, उच्च स्तरीय समिति सदस्य, मानार्थ सदस्य, क्षेत्रीय समिति पदाधिकारी तथा सदस्य, सलाहकारहरुले सामाजिक संजाल तथा कुनै पनि माध्यमबाट संस्थाको मुल्य र मान्यता बिपरित हानि हुने अभिव्यक्ति, प्रचार प्रसार गतिविधि गरेको पाइएमा राष्ट्रिय समन्वय परिषदले एक पटक स्पस्टिकरण सोध्न सक्नेछ र पुन दोश्रो पटक सोहि कृयाकालाप दोहोर्याएको प्रमाणित भयमा राष्ट्रिय समन्वय परिषदको अध्यक्षले कार्यसमितिलाइ सामान्य जानकारी गराई कार्यसमितिको पदाधिकारी तथा सदस्य, क्षेत्रीय समितिको पदाधिकारी तथा सदाय लाइ निलम्बन र अन्यको हकमा सदस्ता खारेजी गर्न सक्नेछ।

६) विशेष परिस्थितिमा राष्ट्रिय समन्वय परिषदको अध्यक्षले कार्यसमितिको न्रिने बिना १० मान सम्मको रकम निकासा, परिचालन तथा फरस्योउट गर्न सक्नेछ तर त्यसको विवरण कार्यसमिति बाट पारित गर्नु पर्नेछ।

७) राष्ट्रिय समन्वय परिषदको अध्यक्ष बाहेकको पदाधिकारी पदमा पंजीकृत सदस्य लीएका उच्च स्तरीय सल्लाहकार परिषद र मानार्थ परिषदका सदस्यहरुले पनि उम्मेदवारी दिन सक्नेछन्।

८) क्षेत्रीय समितिको संयोजक पदमा निर्वाचन लड्नको लागी क्षेत्रीय समितिको पदाधिकारी पद (सदस्य भन्दा माथि) पुरा एक कार्यकालमा रही कार्य सम्पादन गरेको हुनु पर्नेछ।

९) क्षेत्रीय सचिवको पद रहने प्रावधान हाटाई एक महिला सचिव रहने व्यवस्था राखीएकोछ।

साधारणसभा क्युशुको फुकुओका शहरमा भएको थियो । एनआरएनए जापानका अध्यक्ष देबीलाल भण्डारीको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथि फ़ुकुओका लागी महाबाणीज्यदुत किमोतो युइचिरो, बिशेष अतिथि एनआरएनए आईसिसि कोषाध्यक्ष महेश श्रेष्ठ, एसिया संयोजक गोबिन्द श्रेष्ठ, एनआरएन आईसिसि सदस्य तुल्सीराम खरेल, दधिवल खड्का, एनआरएनए आईसिसि मानार्थ सदस्य कपिल देब थापा, एनआरएनए आइसीसी भाषा साहित्य सम्पदा तथा संस्कृति समिति उपसंयोजक तथा एसीया प्यासिफिक संयोजक, प्रवासी नेपाली एकता मंचका सचिब शालिक राम, आइसीसी भाषा साहित्य सम्पदा तथा संस्कृति समिति उपसंयोजक बेलुकाजी थापालगायत सहभागि हुनुहुन्थ्यो । सभाको शुभकामना मन्तब्य बरिष्ठ उपाध्यक्ष अनिता गुरुङले गर्नु भएको थियो।

साधारणसभामा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रि योगेश भट्टराई, महामहिम राजदुत प्रतिभा राणा ले भिडीयो मार्फत लाईभ शुभकामना मन्तब्य राख्दै एनआरएन जापान ले कोभिड १९ मा गर्नु भएको काम र नेपालमा पठाईएको सहयोग सामग्रीको प्रशंसा गर्नु भएको थियो।


प्रकाशित | ६ आश्विन २०७७, मंगलवार १९:४७