काठमाडौं : सन् २००० सालमा स्थापना भएको नेपाली क्लब, बहराइन सरकार सँग स्वीकृति प्राप्त नेपालीहरुको हक हितमा काम गर्ने एउटा सामाजिक संस्था हो । २० औं हजार नेपालीहरुको साझा चौतारीको रुपमा रहेको यस संस्था जसले परदेशमा नेपाल र नेपालीको पहिचानलाई सधैं उच्च राख्दै नेपाली भाषा, कला संस्कृतिको संरक्षण र सम्बर्द्धन सगै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउदै नेपालको पहिचान झल्काउने कार्यहरु गर्दै आएको छ । त्यति मात्र नभई रोजगारको शिलशिलामा बहराइन आएर बिभिन्न दुःख पिडामा र समस्यामा परेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई साथ सहयोग गर्ने एव्ं उद्धार गर्दै आएको छ ।
मुस्लिम धर्मवलाम्वीहरुको पवित्र पर्व ईदमा ३(४ दिन लामो बिदा पर्ने हुँदा सोही अवसरमा नेपालीहरुलाई मनोरञ्जन दिन आगामी महिना जुलाई ९ तारिख आयोजना हुन लागेको नेपाली सांगीतिक साँझ २०२२ मा नेपाल देखि राष्ट्रिय स्तरका चर्चित कलाकारहरु आमन्त्रित गरिएको क्लबका अध्यक्ष कमल श्रेष्ठले जानकारी गगराउनु भयो ।
आम दर्शक महानुभावहरुको भावना र चाहना अनुरुप यसपटक कलाकारहरुको छनौंट गरिएको जनाइएको छ । युवापुस्ताको आवाजलाई ध्यानमा राखी पप र्यापर आशिष राना (लाहुरे), लोकभाका मन पराउनेहरुका लागी सालैजो सगै लोकदोहोरी गायक संजय गुरुङ, लोक दोहोरी गायिका कल्पना दाहाल र नेपाली मौलिकता झल्कने एव्ं फिल्मी गीतमा बेजोड नृत्य प्रस्तुतिहरु दिन डान्सर तथा मोडेल बन्दना घर्ती मगर बहराइन जाने भएका छन् ।
उक्त कार्यक्रम बहराइनको राजधानी मानमा शहरको मध्यभागमा रहेको डेलमोन ईन्टरनेश्नल होटलमा हुने भएको छ ।
प्रकाशित | २३ असार २०७९, बिहीबार २१:००