सरकारले ल्याएको लोकप्रिय नीति तथा कार्यक्रमले कांग्रेस अत्तालियो : सांसद बस्नेत

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का सांसद महेश बस्नेतले नेपाली कांग्रेस वर्तमान सरकारले ल्याएको लोकप्रिय कार्यक्रमबाट अत्तालिएर जथानाम गाली गलौचमा उत्रिएको बताउनुभएको छ । ‘कांग्रेस अत्तालिएको छ’, सांसद बस्नेतले संसदको नीति तथा कार्यक्रममा सम्बोधन गर्दै भन्नुभयो, ‘नीति तथा कार्यक्रम महत्वाकांक्षी र सपनाको पुलिन्दा हो भन्नु गलत छ । बरु उहाँहरुको टिप्पणी चाहिँ परम्परागत हो । लोकप्रिय कार्यक्रमबाट उहाँहरु अताल्लिनुभएको हो ।’

उहाले थप्दै भन्नुभयो, ‘सरकारको नीतिका कारण गुणस्तरीय रोजगारीमा जान थाले, थोरै रोजगारीबाट धेरै पैसा आउन थाल्यो । सरकारले हुण्डी कारोबार बन्द गरायो । वैधानिक च्यानलबाट पैसा आउन थालेको छ ।’ उहाँले देशमा विकास निर्माणको कामले गति लिएका कारण केही आयात बढेकाले ब्यापार घाटा देखिए पनि राजस्व बढेको बताउँदै भन्नुभयो, ‘सरकारले लिएको अर्थनीति ठीक छ, हिजो भद्रगोल डामाडोल भएको अर्थतन्त्र ठीक ट्रयाकमा आएको छ’ ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार १८:५९