पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं : आज रातीबाट लागू हुने गरि पेट्रोल र डिजेलको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार बिहीबार आज रातिबाट लागु हुने गरी प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलममा १ रुपैयाँ वृद्धि गरिएको हो । अब पेट्रोलको मूल्य १ सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९८ रुपैयाँ प्रतिलिटर पुगेको छ ।


प्रकाशित | १९ बैशाख २०७६, बिहीबार २०:३२