एमालेको नेपाल पक्षका सांसदको मतले सुदूरपश्चिमका मुख्यमन्त्री भट्टको पद जोगियो

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनु भएको छ । भट्टले ३० मत प्राप्त गर्दै पुन: मुख्यमन्त्रीको जिम्मेवारी पाउनु भएको हो । भट्टको विपक्षमा ९ मत खस्यो । ५१ प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी भएका थिए ।

५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेको माधव नेपाल पक्षधर १७ जना र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मतदान गरेका हुन् । विपक्षमा मत दिनेमा जसपाका २ र एमाले ओली पक्षका ७ सांसद छन् । कांग्रेसका १२ जना सांसद भने मतदानमा सहभागी भएनन् ।

मुख्यमन्त्रीले प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन प्रस्ताव पेश गर्नु भएको थियो ।


प्रकाशित | २५ जेष्ठ २०७८, मंगलवार १२:३७