एनआरएनए नर्बेको अध्यक्षमा जीवन शाही विजयी, आइसिसी सदस्यमा राजु अर्याल

ओस्लो – गैर आवासीय नेपाली संघ (एनआरएनए) नर्वेको अध्यक्षमा जीवन बहादुर शाही निर्बाचित हुनु भएको छ । एनआरएनए नर्बेको आगामी कार्यकाल २०२१ ०२३ को लागि शाही अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

उहाँले २९३ मत प्राप्त गर्दै प्रतिस्पर्धी दुई जनालाई पछाडि पार्नु भएको हो । अध्यक्ष पदका अर्का प्रत्यासी पवित्र बस्नेतले १८५ मत पाउनु भयो भने सुरेन्द्र क्षेत्रीले आफ्नो उम्मेदवारी रद्द गर्नु भएको थियो ।

त्यस्तै एनआरएनए नर्वेबाट आइसिसी सदस्यमा राजु अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ । उता सचिव पदमा बिजय काफ्ले विजयी हुनु भएको छ । उहाँले २३८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी अशिम लम्सालले २३४ मत पाउनु भएको छ ।

एनसिसी नर्वेमा अध्यक्ष र सचिव बाहेक सबै पदमा निर्विरोध भएको छ । संघको उपाध्यक्षमा नबराज अधिकारी, अन्जन बस्तोला, दिपेन् बिष्ट र महासचिवमा बिष्णु गौतम निर्बिरोध निर्बाचित हुनु भएको छ ।

त्यसैगरी युवा संयोजकमा बिक्रम बस्नेत, महिला संयोजकमा प्रवीणा मुनाकर्मी र सदस्यहरुमा पूर्णचन्द्र भुशाल, उमेश गुप्ता, सालीग्राम ढुंगाना निर्बिरोध निर्बाचित हुनु भएको छ ।


प्रकाशित | १७ श्रावण २०७८, आईतवार २१:५७