कोरोनाबाट सङ्क्रमित टम ह्यांक्स र रिटा अस्पतालबाट डिस्चार्ज

एजेन्सी : कोरोनाबाट सङ्क्रमित बलिउड अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सन अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ दिनअघि हलिउड अभिनेता टम ह्यांक्स र उनकी श्रीमती रिटा विल्सन कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको थियो ।

अस्ट्रेलियामा चलचित्रको छायाङ्कनका क्रममा कोरोनाबाट सङ्क्रमित भएका यी जोडी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

टमले आफ्नो अफिसियल इन्स्टाग्रामबाट उपचारमा सहयोग गर्नेलाई धन्यवाद दिँदै सबैले एक अर्काको ख्याल राख्न अनुरोध गरेका छन् । अस्पतालबाट डिस्चार्ज भएका उनीहरू अस्ट्रेलियामा भाडामा लिएको घरमै ‘होम क्वारेन्टाइन’ मा रहनेछन् । ह्यांक्स एल्भिस प्रिस्लेको जीवनीमा आधारित फिल्मको छायाङ्कनको अस्ट्रेलिया पुगेका थिए ।


प्रकाशित | ४ चैत्र २०७६, मंगलवार २०:००