गैर आवासीय नेपाली नागरिकता, मताधिकार लगायतका विषयमा सेमिनार गर्दै एनआरएनए

काठमाडौं: गैर आवासीय नेपाली संघले ‘गैर आवासीय नेपाली नागरिकता, मताधिकार, बैदेशिक लगानी र वैदेशिक रोजगार’ लगायतका विषयमा एक सेमिनारको आयोजना गर्ने भएको छ ।

यही जुन १६ अर्थात बिहीबार आयोजना गरिन लागिएको सेमिनारमा प्रधानमन्त्री शेर बहादुर देउवाले सम्बोधन गर्नु हुनेछ ।

नेपाल सरकार लगायत बिभिन्न सरोकारवालाहरुको समेत उपस्थिति रहने कार्यक्रममा विशेषज्ञद्वारा तयार परिएको कार्यपत्र प्रस्तुत गरिनेछ । कार्यक्रम काठमाडौंको र्याडिसन होटलमा आयोजना हुने भए पनि अनलाईन मर्चुअल रुपमा पनि सहभागि हुन पाइने जनाइएको छ ।

कार्यक्रममका लागि संघका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष डा. बद्री केसीलगायतका पदाधिकारीहरु काठमाडौंमा आइसक्नु भएको छ ।


प्रकाशित | ३१ जेष्ठ २०७९, मंगलवार २०:५४