काठमाडौं उपत्यकामा १८२ सहित थप ८३८ जनामा कोरोना संक्रमण, ११ जनाको निधन

काठमाडौं – नेपालमा पछिल्लो २४ घन्टामा थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३० हजार ४८३ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार २१४ उपचारपछि निको भएका छन्।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ । अहिले क्वारेन्टाइनमा १२ हजार २३४ जना रहेका छन् ।

त्यस्तै, काठमाडौं उपत्यकामा आज १८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थप ११ जनाको निधन

कोरोना संक्रमणको कारण थप ११ जनाको निधन भएको छ । एक महिला र १० पुरुषसहित थप ११ जनाको निधन भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मोरगं, पर्सा, बारा, सप्तरी, सर्लाही, दोलखा, प्यूठान, काठमाडौं, ललितपुर, चितवन र मकवानपुरका एक/ एक जनाको कोरोनाको कारण निधन भएको हो । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।


प्रकाशित | ५ भाद्र २०७७, शुक्रबार १६:५२