प्रधानमन्त्री कप क्रिकेट जेठ १ गते : प्रतियोगिताका विजेतालाई २० लाख, उत्कृष्ट खेलाडीलाई मोटरसाईकल

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण जेठ १ देखि २४ गतेसम्म सञ्चालन गरिने भएको छ । प्रतियोगितामा तीन विभागीय टिम र सात प्रदेश सहित १० टोलीले सहभागिता जनाउने आज एक पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी गराइयो । सहभागि टिमलाई दुई समुहमा विभाजना गरेर दिनमा एक खेल खेलाईनेछ । समुहका शीर्ष दुई टिमले सेमिफाईनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाईकल प्राप्त गर्नेछ । प्रतियोगिताकालागि १ करोड ७५ लाख रुपैयाँ लाग्ने बताईएको छ । जसमा राष्ट्रिय खेलकुद परिषद राखेपले ८० लाख र बाँकी रकम र नेपालय इन्टरनेशनलले नेपालयले ब्यर्होनेछ ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार १५:३१