डेगीं रोग नियन्त्रणमा सक्रिय कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७, सचेतनामूलक कार्यक्रम जारी, अभियान ७ दिन सम्म चल्ने (फोटोफिचरसहित)

काठमाडौं: डेगीं रोग नियन्त्रणका लागि कागेश्वरी मनोहरा नगरपालिका वडा नं ७ ले यतिबेला अभियान नै संचालन गरेको छ । “खोजौ र नष्ट गरौं “ भन्ने नारासहित वडा कार्यालयले सप्ताहव्यापी कार्यक्रम संचालन गरेको हो ।

भदौ ४ गते बाट सुरु भएको अभियानको बिहीबार ४ दिन पूरा भइसकेको छ । यो अवधिमा वडा कार्यालयले डेंगी रोग नियन्त्रणका लागि निरन्तर रुपमा सचेतनामूलक कार्यक्रमहरु गरिरहेको छ । अभियानको पहिलो दिन जनचेतनामूलक जानकारी सहित माईकिङ्ग गरिएको थियो ।

यस्तै भदौ ५ गते प्रभातफेरी कार्यक्रम गरिएको थियो । यस्तै भदौ ६ गते बिहान कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ भित्र रहेका कवाडी, पानीका फ्याक्ट्रीहरु वर्कशप जस्ता जोखिम हुन सक्ने सम्भावित क्षेत्रमा गएर जमेका र खुल्ला भाँडामा राखेको पानी हरु पोखेर डेङ्गुको जोखिम र वातावरणीय सरसफाइको बारेमा जनचेतनामुलक कार्यक्रम गरिएको थियो ।

बिहीबार विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले आनन्द भैरव माध्यमीक विद्यालयमा स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको छ । भोलि अर्थात शुक्रबार डेंगी रोगको रोकथाम र नियन्त्रण गर्ने अभिप्राय अनुरू डेंगी रोग संगको लक्षण मेल खाएका व्यक्तिहरूका लागि निशुल्क डेंगी परिक्षण शिविर संचालन गरिएको वडाध्यक्ष भिमसेन थापाले जानकारी दिनुभयो । बिहान ११ बजे वडा कार्यालयको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा शिविर आयोजना गरिएको हो ।

अन्तमा प्रत्येक महिनाको अन्तिम आईतवार अघिल्ला दिनहरूमा संचालित कार्यक्रमको समीक्षा एवं यसका प्रभाव, उपलब्धीका विषयमा समीक्षामूलक छलफल कार्यक्रम संचालन गर्ने वडाध्यक्ष थापाले बताउनु भयो ।

यसरी फैलन्छ डेंगी

डेगीं रोग नियन्त्रणका लागि वडाध्यक्ष भीमसेन थापा सक्रिय रुपमा लागिरहनु भएको छ । अभियानमा सहभागी सम्पूर्णमा वडाध्यक्ष थापाले आभार व्यक्त गर्नु भयो । प्लाष्टिकको अव्यवस्थित प्रयोग बढ्नुलाई डेङ्गी सङ्क्रमण बढ्नुको मुख्य कारक मानिन्छ । प्रयोग गरेर फालिएका प्लाष्टिकका सामान, मोटर र साइकलका टायर, टिनका भाँडा र गमलाहरूमा जमेको पानीमा लामखुट्टेले अण्डा पार्छ ।

अण्डाबाट लार्भा, प्युपा हुदै वयस्क लामखुट्टेमा परिणत हुन्छ । डेङ्गी सङ्क्रमित लामखुट्टेको जीवन चक्र चार साताको हुन्छ । यसले एक पटकमा १०० देखि ४०० वटासम्म अण्डा पार्छ ।

यो लामखुट्टेले जमेको पानीमा मात्र अण्डा पार्ने भएकाले घर वरिपरि कुनै पनि ठाँउमा पानी जम्न दिनु हुँदैन ।

यो लामखुट्टेको स्वभाव घर वरिपरि र मान्छेको भिडभाडमा रहने खालको हुन्छ र पोथी लामखुट्टेबाट मात्र रोग मानिसमा सर्छ ।

डेगींबाट यसरी सावधानी अपनाउन सकिन्छ

घरभित्र भण्डारण गरेर राखिएको पानी पनि राम्ररी छोपेर राख्नु पर्छ ।

बिहान र दिउँसो टोक्ने भएकाले पूरा जीउ ढाक्ने कपडा लगाउनुका साथै लामखुट्टेले नटोक्ने मलम शरीरका देखिने भागमा लगाएर पनि बच्न सकिन्छ ।

घर भित्र लामखुट्टे मर्ने औषधि कुनाकाप्चा र दराजमा पनि छर्कनु पर्छ ।

औषधि छर्की सकेपछि घरको झ्याल ढोका कम्तीमा १५ देखि २० मिनेट बन्द गर्नु पर्ने चिकित्सक बताउँछन् ।


प्रकाशित | ७ भाद्र २०८०, बिहीबार २०:२७