काठमाडौं । सरकारले असार १ गतेबाट आइतबारको बिदा हटाउने भएको छ । असार १ गतेबाट लागू हुने गरी आइतबारको बिदा हटाइएको हो ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको हो । सरकारले इन्धन खपत कम गर्ने भन्दै गत जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार बिदा दिँदै आएको थियो।
त्यस्तै, हप्तामा दुई दिन बिदा दिने निर्णय खारेजको माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर समेत गरिएको थियो ।
प्रकाशित | २३ जेष्ठ २०७९, सोमबार १९:०३