विदेशमा अलपत्र परेकालाई उद्धार लगायतको माग गर्दै बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं: कोरोना संक्रमितको उचित उपचार, विदेशमा अलपत्र परेकालाई नेपाल फर्काइ व्यवस्थापनलगायतका माग राख्दै प्रधानमन्त्री निवास क्षेत्र बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन भएको छ । उनीहरूले कोरोना, विदेशबाट आएकालाई राखिएको क्वारेन्टाइन व्यवस्थित नभएको, संक्रमितलाई उचित उपचार नगरेको भन्दै विरोध प्रदर्शन गरेका हुन ।

विवेशील नेपाली दलले कोभिड १९ बाट नागरिकलाई जोगाउन सरकारी कदम अपुग तथा अव्यवस्थित भएको भन्दै मंगलबार भौतिक दूरी कायम राख्दै बालुवाटारको निषेधित क्षेत्रबाहिर गरेको शान्तिपूर्ण प्रदर्शन गरेको जनाएको छ ।

प्रदर्शनमा उत्रिएका– ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विवेशशील दलका पूर्वअध्यक्ष उज्ज्वल थापासहितका प्रदर्शनकारी पक्राउ परेका हुन् । पूर्वअध्यक्ष थापासहितका प्रदर्शनकारीमाथि प्रहरीले गरेको दुर्व्यवहार, पानीको फोहोराको प्रयोग र कुटपिट गर्दै उनीहरूको गिरफ्तारी गरेकोमा विकशीलले निन्दा गरेको छ । गिरफ्तार प्रदर्शनकारीहरूको तत्कालै रिहाइको माग गरेको छ ।


प्रकाशित | २७ जेष्ठ २०७७, मंगलवार १२:५९