यूरोप भ्रमणले जगाएको आशा

राजन त्रिपाठी

गैर आवासीय नेपाली अभियानको क्रममा अक्टोबरको पहिलो सातादेखि अमेरिकाबाट युरोप भ्रमणको यात्रा तय गरे । विशेष गरि गैर आवासीय नेपाली संघको दशौं महाधिवेशन र निर्वाचनमा मेरो कोषाध्यक्षमा उम्मेदवारी रहेकाले चुनावी प्रचार प्रसार अभियान मूल उद्देश्य बनाएर यूरोप भ्रमण तय गरेको थिए ।

संसारभरिका विभिन्न देशहरुमा छरिएर पनि हामी एकअर्काका साझा विषयहरुमा समान धारणा बनाउन, आपसका सुख दुख एक आपसमा बाँडन् र आफ्नो मातृभूमिप्रतिको अभिभारा पूरा गर्न गैर आवासीय नेपाली संघलाई स्वच्छ, निश्पक्ष, विवादरहित एवं पारदर्शी संस्था बनाउने अभियानमा भ्रमणका क्रममा दर्शाउनु भएको ऐक्यबद्धताले म हौसिएको छु ।

मुलुकमाथि छिमेकी हस्तक्षेप हुंदा संसारभरबाट प्रदर्शन गरी एकतासहित दवाव सिर्जना गर्न सफल भएका हामी गैर आवासीय नेपालीहरु आफ्नै संस्था एनआरएनएभित्र भने एकजुट बनेर लोकतान्त्रिक अभ्यासमार्फत नयां नेतृत्व छान्न नसकी विवादमा अल्झिएर बसेका छौं । यसो हुनुमा संस्था संचालनमा पारदर्शिताको अभाव र दलगत आबद्धताले ठूलो काम गरेको छ । मेरो युरोप भ्रमणका बेला आगामी कार्यकालको कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको सन्दर्भमा संस्थाको निर्णय प्रक्रिया र कोष संचालन दुबैमा पारदर्शिता कायम गर्ने मेरो प्रतिबद्धताप्रति यहांहरुको सबैको विश्वास पाएको छु । यो विश्वासलाई मेरो सामाजिक अभियानको एउटा अमूल्य पूंजीका रुपमा संगाल्दै सोहीअनुरुप काम अघि बढाउने नै छु ।

युवा पुस्तालाई एनआरएनएसंग जोड्ने, महिला तथा विभिन्न वर्ग र समुदायको समुन्नतिमा एनआरएनएलाई नेतृत्वकर्ता बनाउने, व्यवस्थित योजना तर्जुमा गरी इमान्दार कार्यान्वयन गर्ने, संसारभरका एनसीसीहरुका लागि स्रोतहरुको पहिचान गरी कोष संचालनमा संसारभर नै एकरुपता र पारदर्शिता कायम गर्ने मेरा एजेण्डाहरु सुनेर यहांहरुले दिनुभएको हौसलाले म उत्साहित भएको छु ।

युरोपका सबै देशहरुमा पुग्दा एनसीसी, लोकल च्याप्टरहरु, जनसम्पर्क मञ्च, प्रवासी नेपाली मञ्च र अन्य स्थानीय संघ संस्थामा आवद्ध हुनुभएका तथा स्वतन्त्र समाजसेवी रहनु भएका सबै महानुभावहरुको जुन माया र सद्भाव प्राप्त गरेको छु त्यसैलाई मेरो सामाजिक अभियानका लागि मार्गदर्शन बनाएको छु ।

निस्वार्थ समाजसेवाको अभियानमा मलाई प्रेरित गर्नुहुने सबैप्रति अभार व्यक्त गर्दै युरोप भ्रमणलाई उल्लेख्य बनाई मलाई उत्साहित बनाइदिनु भएकोमा मुरी मुरी धन्यवाद व्यक्त गर्न चाहान्छु । धन्यवाद ।

त्रिपाठी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजक तथा आगामी निर्वाचनमा कोषाध्यक्षको उम्मेदवार हुनुहुन्छ । 

तस्विरमा यूरोप भ्रमण


प्रकाशित | ९ कार्तिक २०७८, मंगलवार १२:२५