सूर्यविनायक नगरपालिकाको प्रवक्तामा रविन्द्र सापकोटा

भक्तपुर: सूर्यविनायक नगरपालिकाको प्रवक्तामा रविन्द्र सापकोटा चयन चयन हुनु भएको छ । बिहीबार बसेको कार्यपालिकाको पहिलो बैठकले सापकोटालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । सापकोटा वडा नं. ७ को वडाध्यक्ष हुनुहुन्छ । नेकपा एमाले सूर्यविनायक नगर कमिटिको अध्यक्ष समेत रहनु भएको सापकोटा दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचीत हुनु भएको थियो । सापकोटाले पहिलो कार्यकालमा वडामा निकै नमुना र उदाहरणीय कार्य गर्न सफल हुनु भएको थियो ।

त्यस्तै, नगरपालिकाका मेयर बासुदेव थापाको अध्यक्षतामा नगरपालिकाको सभाहलमा बसेको पहिलो बैठकले अन्य विभिन्न महत्त्वपूर्ण निर्णय पनि गरेको छ । बैठकले मतदातालाई धन्यवाद ज्ञापन गर्दै विभिन्न ६ वटा विषयगत समिति गठन गरेको छ । यसअघि पाँच वटा समिति रहेकोमा यो पटक लेखा समिति थप गर्दै ६ वटा समिति गठन गरिएको हो । बैठकले ६ वटा समितिका संयोजक समेत तोकेको छ ।

बैठकले सार्वजनीक सेवा तथा क्षमता विकास समिति संयोजकमा वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, विधायन समिति संयोजकमा वडा नं. २ का वडाध्यक्ष प्रदिप काकी, लेखा समिति संयोजकमा वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशी, सामाजीक विकास समिति संयोजकमा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, आर्थिक विकास समिति संयोजकमा वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वातावरण तथा विपत्त ब्यवस्थापन समिति संयोजकमा वडा नं. ९ का वडाध्यक्ष भगवान खत्री र पूर्वाधार विकास समिति संयोजकमा वडा नं. १० का वडाध्यक्ष शिवराम राउतलाई तोकिएको छ ।

त्यस्तै, आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम र बजेटको तयारी सम्बन्धमा छलफल गर्दै नगर सभा छिटो भन्दा छिटो गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा मेयर बासुदेव थापासहित उपमेयर सरिता भट्टराई, वडाध्यक्षहरु तथा कार्यपालिका सदस्यहरु सहभागि हुनुहुन्थ्यो । बैठकमा सम्बोधन गर्नुहुँदै मेयर थापाले नगरपालिकालाई समृद्ध र सुखी नगर बनाउने अभियानमा सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनु भएको थियो । बैठक निकै सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।


प्रकाशित | १९ जेष्ठ २०७९, बिहीबार २१:३७