नेकपाको एकता प्रक्रियाले पायो पूर्णता: एकता सम्बन्धी सम्पूर्ण गृहकार्य सम्पन्न

काठमाडौं : प्रमुख सत्ता रुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियाले पूर्णता पाएको छ । पार्टीले एकता सम्बन्धी सम्पूर्ण गृहकार्य सम्पन्न गरेसँगै यसले पूर्णता पाएको हो ।

पार्टी महासचिव विष्णुप्रसाद पौडेलका अनुसार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी सङ्गठनसँग सम्बन्धित सबै प्रक्रिया टुङ्ग्याउनुभएको हो । बैठकमा अध्यक्षद्वय, महासचिव पौडेल र पार्टी नेता रामबहादुर थापा सहभागी हुनुहुन्थ्यो ।

पार्टीका केन्द्रीय आयोग, विभाग, केन्द्रीय सल्लाहकार परिषद्, विशेष प्रदेश, अन्तर्राष्ट्रिय प्रवास कमिटी गठन, कार्यविभाजनलगायत एकताका बाँकी रहेका सम्पूर्ण कामलाई अन्तिम रुप दिइएको छ । आज टुङ्गिएको गृहकार्य साउन ५ गते बस्ने पार्टीको सचिवालय बैठकमा पेश हुने र त्यसपछि कार्यान्वयन जाने महासचिव पौडेलले जानकारी गराउनुभयो ।


प्रकाशित | ३१ असार २०७६, मंगलवार २१:२६