प्रधानमन्त्री देउवाले बालेनलाई भने,’तपाईंले चमत्कार गर्नुभयो, हाम्रो पूर्ण समर्थन हुनेछ’

काठमाडौं : काठमाडौँ महानगरका नवनिर्वाचित प्रमुख बालेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्नु भएको छ । बालेनले बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर देउवासँग भेट गर्नु भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले शाहलाई महानगरको पाँच वर्षीय कार्यकालमा नेपाली कांग्रेसको पूर्ण समर्थन रहने बताउनु भयो । ‘तपाईंले चमत्कार गर्नुभयो। म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ,’ देउवाको भनाइ उद्धृत गर्दै प्रधानमन्त्री स्रोतले भन्यो ।

प्रधानमन्त्रीले बालेनलाई फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउन र केन्द्र सरकार, मन्त्रालय, सडक बिभाग सबैबाट सहयोग हुने पनि बताउनु भएको छ । बालेनले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गर्नु भएको थियो ।


प्रकाशित | १८ जेष्ठ २०७९, बुधबार १९:४४