तामाकोशी -५ जलविद्युत्ः सरकारले लगानी जुटाउन नसक्दा निर्माण अन्योल

काठमाडौं : तामाकोशी ५ जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकन भएको दुई महिना बितेपनि सरकारले लगानी जुटाउन नसक्दा निर्माण अन्योल देखिएको छ । सरकारले तुलनात्मक रुपमा निकै सस्तो पर्ने यो ९९.८ मेगावाटको आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा राखे पनि लगानी जुटाउन नसक्दा कामले गति लिन सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरणले यो आयोजना ४९ प्रतिशत सर्वसाधारणको सेयर सुनिश्चित गरेर निर्माण गर्ने बताउँदै आएको छ । प्राधिकरणले स्वदेशी वित्तीय संस्था र अन्तर्राष्ट्रिय बहुपक्षीय विकास साझेदारको सहुलियत ऋण रहने वित्तीय व्यवस्थापनमा निर्माण अघि बढाइने जनाएको छ । यो समाचार नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।


प्रकाशित | ७ आश्विन २०७६, मंगलवार ०८:५३