एनआरएन एसिया प्याशिफिकको पहिलो बैठक: आठौ क्षेत्रीय सम्मेलन थाइल्याण्डमा गर्ने निर्णय

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिकको पहिलो बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। बैठकले प्रस्तावीत ५ वटा बुँदामा छलफल तथा निष्कर्ष निकालेको छ।

पहिलो बुँदामा आठौ क्षेत्रीय सम्मेलन थाइल्याण्डमा गर्ने निर्णय गरेको छ। आगामी अगस्ट २६ देखि २८ सम्म विलेटीयन होटलमा हुने वैठकले निर्णय गरेको छ। सम्मेलनको तयारी तीव्र भएको र आतिथ्यताको लागि व्यग्र प्रतीक्षामा रहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले बताउनु भयो ।

त्यस्तै ‘एनआरएनए ग्लोबल स्पीच कन्टेस्ट’ प्रतियोगितालाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ। गैर आवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजना, एनआरएन एसिया प्याशिफिक तथा एसिया प्याशिफिकका सबै एनसिसीको सक्रियतामा सम्पन्न प्रतियोगितामा एतिहासिक सफलताको साथ सम्पन्न भएको थियो।

बैठकले एमआईएस सिस्टमको भरपर्दो र पारदर्शी ढंगले सदस्यता खोलिने र भरपूर उपयोग गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रदेश स्तरीय भलिवल प्रतियोगितामा एनआरएनए एसिया प्यासिफिकको सहभागिता विषयमा छलफल पनि भएको थियो।

बैठकले गैर आवासीय नेपाली संघको बिधान अनुशार एसिया प्यासफिक क्षेत्रिय सचिवमा एनआरएनए चीनबाट प्रतिनिधित्व गर्दै आएका आइसिसी सदस्य प्रदीप न्यौपानेलाई नियुक्त गरेको छ।

कार्यक्रममा गैर आवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठ, उपमहासचिव ओम गुरुङ , डी पि कडेल, महिला सचिव टिका गुरुङ (राधिका), एसिया प्यासिफिक संयोजक पारसमणि पोखरेल, एसिया प्यासिफिक उपसंयोजक नवीन विक, दीपक कडेल, ददिवल खड्कालगायत आइसिसि सदस्य, राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुको उपस्थित रहेको थियो भने बैठक सञ्चालन एशिया प्यासिफिक संयोजक पारसमणि पोखरेलले गर्नुभएको थियो।


प्रकाशित | १६ जेष्ठ २०७९, सोमबार २०:१६