सिन्धुपाल्चोक पहिरो अपडेट : तीन जनाको शव भेटियो, पाँच जनाको जीवितै उद्धार

सिन्धुपाल्चोक : बाह्रबिसे नगरपालिका -७ घुम्थाङको नागपुजे र भीरखर्क पहिरोमा बेपत्तामध्ये तीन जना जनाको शव फेला परेको छ । शव फेला परेकामध्ये तीनै जना महिला रहेका छन् । शवको सनाखत हुन बाँकी छ ।

पहिरोमा बेपत्ता मध्य पाँच जनाको जीवित नै उद्धार गरिएको छ । पुरिएको अबस्थामा फेला परेका उनीहरुलाई उपचारको लागि अस्पताल लगिएको छ ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेका अनुसार अन्यको उद्धार तथा खोजी कार्य जारी छ ।

शनिबार राती पौने ३ बजे तीर बस्तीमाथिबाट आएको पहिरोले बाह्रबिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको थियो । भीरखर्कका १२ र नागपुच्छेका ६ घर र किम्बे गाउँमा पहिरोले बगाएको हो । ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीयले बताएका छन ।


प्रकाशित | २८ भाद्र २०७७, आईतवार ०९:५०