रक्सौल–काठमाडौँ रेलमार्गको अध्ययन सुरु

काठमाडौँ: केरुङदेखि काठमाडौँसम्म रेल ल्याउन चिनियाँ पक्षसँग छलफल भइरहेको बेला अर्को छिमेकी भारतका अधिकारीले रक्सौल–काठमाडौँ रेलमार्गको अध्ययन थालेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । काठमाडौँसम्म रेल ल्याउन दुई छिमेकी मुलुकको चासो देखिएपछि प्राविधिकले रेल चढ्ने सपना पूरा हुन सक्ने अपेक्षा गरेका छन् ।

रेल विभागका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणबारे चिनियाँ पक्षसँग छलफल जारी रहेको बेला भारतीय अधिकारीहरुले रक्सौल–काठमाडौँ रेलमार्ग निर्माणका लागि अध्ययन सुरु गरेको बताए ।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार ०९:२५