रचनात्मक गतिविधीमा सक्रिय सूर्यविनायक नगरपालिका

भक्तपुर: सूर्यविनायक नगरपालिका रचनात्मक गतिविधीमा सक्रिय बनेको छ । दोस्रो कार्यकालमा निर्वाचीत भएर आउनु भएपछि मेयर बासुदेव थापा अधुरा योजना पूरा गर्नका साथै रचनात्मक गतिविधीमा समेत सक्रिय बन्नु भएको हो ।

नगरपालिकाले विकास निर्माणका साथै विभिन्न क्षेत्रमा सक्रिय बन्दै युवा तथा विद्यार्थीको ब्यक्तीत्व विकासमा लागिपरेको छ । रचनात्मक  गतिविधिमा सक्रिय नगरपालिकाले सूर्यविनायक भित्रका स्थायी बसोबास गर्ने बासिन्दा मध्ये लोकसेवा आयोग तयारी कक्षा लिन इच्छुक व्यक्तिहरुलाई लोकसेवा तयारी कक्षामा सहभागी गराई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

त्यस्तै, चौथो एपिक नेपाल म्युजिक अवार्ड कार्यक्रम आयोजना गरेर नेपालको कला संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान गरेको छ भने राष्ट्रिय कलाकारहरुलाई समेत सम्मान गरेको छ ।

केहि दिन अघि मात्र स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नीतिलाई अंगीकार गर्दै विद्यालयस्तरमा खेलकुद गतिविधि संचालन गरिएको थियो । खेलकुद गतिविधिले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा महत्वपुर्ण भूमिका खेल्ने भन्दै नगरपालिकाले प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरेको हो । नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २४ विद्यालयका ५ सय भन्दा बढी विद्यार्थीहरु सहभागि भएका थिए ।

नगरपालिकाले चालु आर्थिक वर्षमा समुदायिक विद्यालयको सुदृढीकरण र संस्थागत क्षमता विकासको लागि कम्प्युटर सामाग्री, विज्ञान प्रयोगशाला र पुस्तकालय अनुदान प्रदान गरेको छ । साथै बालवालिकाको सिकाइको आधारको रुपमा लिइएको बालविकास कक्षाको सहयोगी कार्यकर्ताहरुका लागि समसामयिक विषयवस्तुमा आधारित रहेर ३ दिनको पुनर्ताजगी तालिम संचालन गरिएको छ ।

त्यस्तैगरि, फाटेका मनहरुलाई सिलाई विवादमा मेलमिलाप गराउन वडा मेलमिलाप केन्द्रलाई क्रियाशील तुल्याउन ४२ जना मेलमिलापकर्तालाई तालिम दिई रोष्टर तयार पार्ने कार्य सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ ।


प्रकाशित | १ फाल्गुन २०७९, सोमबार १७:३६