‘चलचित्र ‘आरुसी’ को ‘डालीमा हो डालीमा’ गीत सार्वजनीक (भिडियो )

काठमाडौं : चलचित्र ‘आरुसी’ को दोस्रो गीत सार्वजनीक भएको छ । सुसन साम्सोहाङ लिम्बु र सुम्निमा इङ्नामको स्वर रहेको ‘डालीमा हो डालीमा’ बोलको लोकलयमा आधारित गीत युट्युव च्यानल मार्फत सार्वजनीक गरिएको हो । लय संग्रौलाको शब्द रचनामा विकास चौधरीको संगीत रहेको गीतमा कमल राईको नृत्य निर्देशन रहेको छ ।

युवा पीडीको चाहाना बमोजिम टिनएजको कथा उठाएर निर्माण गरिएको चलचित्रलाई उदय सुब्बाले निर्देशन् गर्नुभएको हो । चलचित्रमा इशक राई, रमा लिम्बु, कला राईलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । सार्वजनिक गीतमा इशक र रमा फिचर भएका छन् । चलचित्र आगामी असार २७ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको जनाइएको छ ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार १०:०६