नवनिर्वाचित मेयर बासुदेव थापाको विजय र्‍यालीमा चितपोलमा उर्लीयो जनसागर (फोटोफिचरसहित)

भक्तपुर : सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित मेयर बासुदेव थापालाई गृहक्षेत्र वडा नं १० स्थित चित्तपोलमा स्वागत तथा सम्मानका लागि जनसागर उर्लिएको छ । आफ्नै क्षेत्रका उम्मेदवार थापा दोस्रो कार्यकालका लागि पनि मेयरमा विजयी भएपछि वडाबासीहरुमा खुशीको सीमा नै थिएन । हर्षित अनुहारका साथ उनीहरुले नवनिर्वाचित मेयर थापालाई भब्य स्वागत तथा सम्मान गरेका छन् ।

के बालबालिका, के युवा, के महिला त के वृद्धवृद्धा, हरेक उमेर समूह विजय र्यालीमा उत्साहका साथ सहभागि भएका थिए । उत्साहित टोलबासी बाँजा, गाजा सहित मात्र उपस्थित थिएनन्, हर्ष र उमंगले नाच्दै गाउँदै र नगरपितालाई नचाउदैं घण्टौ यात्रा तय गरेका थिए । सो माहोलले वातावरणनै उल्लासमय बनेको थियो ।

सूर्य विनायक नगरपालिकाका १० वटा वडा मध्ये मेयर थापालाई सबैभन्दा बढी आफ्नै गृहक्षेत्र चित्तपोलबाट सर्वाधिक मत खसेको थियो । चित्तपोलमा मात्रै मेयर थापाले कुल तीन हजार दुई सय त्रियानब्बे मत खसेकोमा सबै भन्दा बढी १ हजार ७ सय ९७ मत
अर्थात ५४ दशमलब ५७ प्रतिशत मत प्राप्त गर्नु भएको थियो ।

चित्तपोलको विकासमा कायपलट गर्न सफल मेयर थापालाई दोस्रो कार्यकालका रुपमा पनि नगरपिताको रुपमा पाउँदा स्थानीय अत्यन्तै खुशी देखिन्थे । अब झनै विकासको बाढी आउने भन्दै उनीहरु उत्साहित थिए ।

मेयर थापालाई चित्तपोल पश्चात वडा नं ८ मा तीन हजार ८ सय तेइस मत खसेकोमा दुई हजार ६८ अर्थात ५४ दशमलब ०९ प्रतिशत मत प्राप्त भएको थियो भने तेस्रोमा वडा नं ७ मा तीन हजार ६ सय एकाइस मत खसेकोमा १ हजार ७ सय ९१ अर्थात ४९ दशमलब ४६ प्रतिशत मत प्राप्त भएको थियो । नगरभरि मेयर थापाले १४ हजार ७ सय ५८ मत प्राप्त गर्नु भएको थियो ।

तस्विरमा हेर्नुहोस विजय र्‍याली


प्रकाशित | ७ जेष्ठ २०७९, शनिबार २१:५५