विषाक्त मासु खाँदा दर्जनौ बिरामी

डोटी: विषाक्त मासु खाँदा दर्जनौ विरामी परेका छन् । जिल्लाको आदर्श गाउँपालिका १ मेलगडा गाउँमा विशाक्त काँचो मासु खाँदा दर्जनो विरामी परेका हुन । बिरामी हुनेमा ४० वर्षीया सतीदेवी खड्का, उनका छोरीहरू १४ वर्षीया पार्वती र ११ वर्षीया कल्पना, २७ वर्षीय प्रेम खड्का, उनकी श्रीमती २४ वर्षीया ईसरादेवी र छोरी तीन वर्षीया उर्मिला छन्। यस्तै ३८ वर्षीय पदम खड्का, छोरा आठ वर्षीय रोशन खड्का, छोरी दुई वर्षीया एलिसा खड्का, २६ वर्षीय नवराज खड्का, उनकी बहिनी नौ वर्षीया सरस्वती, ५६ वर्षीया गोमादेवी खड्का पनि विषाक्त मासुका कारण बिरामी परेका छन्। उनीहरुको दिपायलस्थित शैलेश्वरी अस्पतालमा  उपचार भइरहेको जनाइएको छ ।


प्रकाशित | २२ बैशाख २०७६, आईतवार ०९:११