कैलाली-कञ्चनपुर हावाहुरी अपडेट: २ जनाको ज्यान गयो, ९० भन्दा बढी घाइते

कैलाली : सुदूरपश्चिमका दुई जिल्लामा आएको भीषणा हावाहुरीमा परि ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । ९० जनाभन्दा धेरै घाइते भएका छन् । कैलालीको टिकापुर नगरपालिका वडा नम्बर–२ पोल्ट्र स्थित फर्मको पर्खाल भत्किदा स्थानीय लाहनु डगौराको मृत्यु भएको र गोेदावरी नगरपालिका वडा नम्बर–८ जमुनाभाडीका ३१ बर्षे बिरबहादुर चौधरीको मृृत्यु भएको हो ।

चौधरीले चलाई रहेको से १ प ५८२१ नम्रको मोटरसाइकल हावाका कारण अनियन्त्रित भई बा.३ प ३८३६ नम्बरको टिप्पर सँग ठोक्किदा मृत्यू भएको प्रहरीले जनाएको छ ।

कैलाली प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बोहराका अनुसार कैलालीमा ७६ जना घाइते भएका छन। गंभिर घाइते भएका २ जनालाई कोहलपुर र २ जनालाई भारत रेफर गरिएको छ। बाँकीको कैलालीकै पदमा र सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

६६ जना उपचार पछि घरफर्केका छन। यसैगरि कंचनपुरमा २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कंचनपुरका प्रहरी उपरिक्षक दिनेश आर्चायले जानकारी दिनुभयो । २३ जना मध्य १५ जना घर फर्किसकेका छन भने ८ जनाको सेती अंचल अस्पतालमा भर्ना गरिएको छ ।

कैलाली, कञ्चनपुरमा बिहीबार बेलुकी ८ बजेदेखि झण्डै ४० मिनेट भीषणा हावाहुरी चलेको हो । हावाहुरीका कारण सडक छेउका रुखहरुले विद्युतका पोलहरु ढालेका कारण जिल्लाभर बिजुली अवरुद्ध छ । राजमार्गहरुमा रुख ढलेका कारण ठाउँठाउँमा यातायात अवरुद्ध छ । हावाहुरीले बिद्यालयहरुमा क्षति भएका कारण शुक्रबार कैलाली तथा कंचनपुरका अधिकांस बिद्यालयहरु समेत बन्द भएका हुन ।


प्रकाशित | २४ जेष्ठ २०७६, शुक्रबार १०:२४