सूर्यविनायकको मतगणना अन्तिम चरणमा, एमालेबाट मेयरका उम्मेदवार बासुदेव थापा झन्डै ६ सय मतले अगाडि

भक्तपुर: सूर्यविनायक नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बासुदेव थापाले अग्रता जारी राख्नु भएको छ । मतगणना अन्तिम चरणमा पुगिरहँदा थापाले झन्डै ६ सय मतले अग्रता लिनु भएको हो ।

नगरपालिकाको वडा नं. १० को ५ सय मत गनीसक्दा थापाले १३ हजार १९८ मत प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार निशान ढुंगेलले १२ हजार ६२१ मत पाउनु भएको छ । थापा ढुंगेलभन्दा ५७७ मतले अगाडि हुनुहुन्छ ।

वडामा प्राप्त एक छापे मत गर्न बाँकि छ । अझ मेयरका उम्मेदवारको वडा पनि भएकाले अन्य वडाको तुलनामा धेरै मत खस्ने अनुमान गरिएको छ । पछिल्लो मतपरिणाम अनुसार थापा जीत नजिक पुग्नु भएको देखिन्छ ।


प्रकाशित | ४ जेष्ठ २०७९, बुधबार २१:५६