भक्तपुर: सूर्यविनायक नगरपालिकामा एमालेबाट मेयरका उम्मेदवार बासुदेव थापाले अग्रता लिनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार थापाले मेयरमा अग्रता लिनु भएको हो ।
वडा नं.८ सिपाडोलमा मेयर थापालाई एक छापे मत मात्र १ हजार ३३७ खसेको छ । थापाले अहिले ६२५ मतले अग्रता लिनु भएको हो ।
८ वडाको मतगणना जारी रहँदा थापाले हालसम्म ११ हजार १७४ मत पाउनु भएको छ भने कांग्रेसका निशान ढुंगेलले १० हजार ५४९ मत पाउनु भएको छ ।
उपमेयरमा पनि एमालेकी सरिता भट्टराईले अग्रता लिइरहनु भएको छ । भट्टराईले ९ हजार ७१३ मत ल्याउदा गठबन्धनको तर्फबाट नेकपा एकिकृत समाजवादीका श्याम सुन्दर बस्नेतले ५ हजार ४४१ मत ल्याउनु भएको छ
प्रकाशित | ४ जेष्ठ २०७९, बुधबार ०८:०४