कालिन्चोक-८ सुनखानीको वडाध्यक्षमा कांग्रेसबाट आचार्य विजयी

दोलखा: कालिन्चोक गाउँपालिका वडा नं. ८ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट सूर्य बहादुर आचार्य (बालकृष्ण) विजयी हुनु भएको छ । आचार्यले नेकपा एमालेका गणेश शिवाकोटीलाई ८९ मतले पछि पार्दै विजयी हुनु भएको हो । आचार्यले ७९९ मत प्राप्त गर्दा शिवाकोटीले ७१० मत पाउनु भयो ।

त्यस्तै, कांग्रेसबाट दलित महिला सदस्य एक जना निर्वाचीत भएका छन भने अन्य तीन जना वडा सदस्य भने नेकपा एमालेबाट निर्वाचीत भएका छन् ।

उता गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका अर्जुन प्रसाद शिवकोटीले ७११ मत पाउनु भएको छ भने एमालेको तर्फबाट गणेश शिवाकोटीले ७७७ मत पाउनु भएको छ ।

गाउँपालिका उपप्रमुखमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका कुल बहादुर बुढाथोकीले ६१३ मत प्राप्त गर्नु भयो भने नेकपा एमालेकी कविता थामीले ७४० मत पाउनु भयो ।


प्रकाशित | ४ जेष्ठ २०७९, बुधबार ०७:३६