पोखराबाट सविता श्रेष्ठको कोरोना अनुभुति

सविता श्रेष्ठ

कोरोनाले विश्वब्यापी महामारीको रुप लिइरहेको छ ।  नेपालमा पनि दिनानुदिन कोरोना संक्रमीतको संख्या बढ्ने क्रममा छ । कोरोना संक्रमण नियन्त्रणमा आउँने भन्दा बढ्ने क्रम जारी रहँदा सबैलाई चिन्ताले सताएको अवस्था छ । कोरोनाको महामारी नियन्त्रण तथा रोकथामको लागि भन्दै नेपाल सरकारले पनि लकडाउन गरेको छ । आज लकडाउन गरेको तीन साता बित्दैछ । सरकारले थप १२ दिन लकडाउनको म्याद थप्दै बैशाख १५ गतेसम्म बढाएको छ । लामो समयसम्म घरभित्रै बस्दा जनजीवन नराम्ररी प्रभावीत भएको छ ।

यो पटक आमा बिरामी हुँदा जापानबाट नेपाल आउँनु त्यत्ती नै बेला कोरोना संक्रमण फैलिनु संयोग नै भएको छ । नेपालमा आमा बिरामी हुँदा जापानबाट मार्च २ तारिखमा आएको थिए । काठमाडौंमा आमाको उपचार हुँदै थियो, केहि दिनमै सरकारले लकडाउन गर्ने घोषणा पनि गरिहाल्यो । आमाको उपचार सकाएर काठमाडोंबाट पोखरा आफनै घरमा आइपुगियो । धन्न यो बेला आमाको उपचारको कारण नेपाल आएर घरपरिवारसँगै बस्न पाएकोमा खुसी छु । जापानमा बसेको भए पनि सबैतीरको अवस्था उही हुने रहेछ भन्ने मनमा कुरा खेलिरहेको छ ।

अहिले तीन साताको लकडाउन पोखरामा बिताइरहेकी छु । बुबा आमासँगै बस्न पाएर होला घरभित्रै बस्दा पनि खासै पट्यार भने लागेको अनुभव गरेको छैन । बुबा आमासँग दुख: सुखको कुराकानी गर्दै संकटलाई पार लगाउनु पर्छ भन्ने मनमा सोच्ने गर्दछु । तर लामो समय भइरहँदा पनि आफनो कामप्रतिको चिन्ता भने स्वभावीक रुपमा आउने रहेछ । तर अर्को मनले फेरि सोच्ने गर्दछु ज्यानभन्दा त काम ठूलो होइन नी । जेहोस तीन साता यसरी नै बितीरहेको छ ।

कोरोना भाइरसको मुख्य औषधि भनेको नै घरभित्रै सुरक्षीत बस्ने हो । यो रोग फैलनुको मुख्य कारण घरबाहिर निस्केर विभिन्न ब्यक्तीहरुसँग घुलमिल हुँदा नै हो । त्यसैले विश्वभरि कोरोना महामारीको रुप लिइरहेको अवस्थामा कम्तीमा अत्यावश्यक कामबाहेक घरभित्रै बसेर कोरोना महामारीको रुपमा फैलन नदिनु तपाई हामी सबैको कर्तब्य हो । कोरोना आफैमा सर्दैन तर घरबाहिर गएर कोरोनालाई प्रवेश गर्न पनि दिनु हुँदैन भन्ने कुरा हामीले बुझनुपर्छ । किनकी हामी एक जना मात्र घरबाहिर निस्केर त्यो रोग ल्यायौ भने त्यसले घरपरिवार सबैलाई सार्छ । त्यसकारण तपाई एक जनाको गल्तीले घरपरिवारको अन्य सदस्यलाई पनि रोग सार्ने काम नगर्नुहोला । यो रोग लागीसकेपछि तपाई जतिसुकै आर्थिक सम्पन्नता भए पनि केहि हुनेछैन । त्यसैले सबैभन्दा ठूलो कुरा रोग लाग्न नदिनु र आवश्यक सावधानी अपनाउनु नै हो ।

लकडाउन लामो समयसम्म हुँदा घरभित्रै बस्न पट्यार पनि लागिरहेको हुन सक्छ । तर ज्यान भन्दा ठूलो कुरा अरु केहि हुन सक्दैन भन्ने तपाईले बिर्सन हुँदैन । घरभित्रै बसेर पनि २४ सौ घन्टा सामाजीक सञ्जाल र समाचार हेर्न अनलाइनमा मात्र नबसी घरपरिवारका सदस्यहरुसँग हाँस्ने, रमाउने, हसाउने, मनोरञ्जन गर्ने, रचनात्मक काम गर्ने बानी बसाल्नुपर्छ ताकी दिमागलाई फ्रेस बनाइ राख्न सकियोस । तर सधैभरि सामाजीक सञ्जालमा मात्र झुण्डीदाँ त्यसले मानसिक स्वास्थ्यमा असर पर्न सक्नेतर्फ सचेत हुनुपर्छ । अहिलेको विश्वभरिको मुख्य समाचार भनेकै कोरोना भाइरस भन्दा छैन । समाचार हेर्न थाल्यो यो देशमा यती संक्रमण यतीको मृत्यु भयो भन्ने भन्दा अरु छैन । त्यसैले दिनमा केहि समय सामाजीक सञ्जालमा रहने, केहि समय समाचार हेर्ने र अन्य सबै समय अन्यत्र नै लगाउनुस ताकी तपाईलाई घरभित्रै बस्नुपर्दा तनाव नहोस । सधैभरि नकारात्मक समाचार मात्र पढ्दा तपाईको मानसीक स्वास्थ्यमा असर पर्छ । तपाई अन्य रोगबाट पीडित भइरहनु भएको छ भने पनि तपाईको रोगसँग लड्ने क्षमतामा ह्रास आउँन सक्छ ।  अन्तमा कोरोनाबाट बच्न घरभित्रै बसौ, आवश्यक सावधानी अपनाऔं, आफू पनि बाँचौ र अरुलाई पनि बचाउन सहयोग गरौ । धन्यवाद


प्रकाशित | ३ बैशाख २०७७, बुधबार १६:१५