इन्स्टाग्राममा प्रियंकाका १० लाख फलोअर्स

काठमाडौँ : नायीका प्रियंका कार्कीको सामाजिक सञ्जाल इन्स्टाग्राममा १० लाख फलोअर्स पुगेको छ । इन्स्टाग्राममा सक्रिय नायिकालाई फलो गर्नेको संख्या १० लाख पुग्दै गर्दा उनले भने ८६५ जनालाई मात्र फलो गरेकी छन् ।

१० लाख फलोअर्स पुगेपछि नायिका कार्कीले खुसी व्यक्त गर्दै फलोअर्सलाई धन्यवाद दिएकी छन् । प्रियंकाले इन्स्टाग्राममा पोस्ट गरेका तस्वीहरूले मिडियामा पनि खुबै चर्चा पाउँछन् ।


प्रकाशित | २१ असार २०७७, आईतवार २०:४८