भक्तपुर: भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयर दुवैमा अग्रता लिएको छ । एमालेका तर्फबाट मेयरका उम्मेदवार बासुदेव थापाले १०६ मतान्तरले अग्रता लिनु भएको हो ।
पछिल्लो मतपरिणामअनुसार उहाँले ७ हजार १०५ मत प्राप्त गर्दा कांग्रेसका निशान ढुंगेलले ६ हजार ९९९ मत पाउनु भएको छ ।
त्यस्तैगरि उमेयरमा एमालेकी सरिता भट्टराईले ३ हजार ६३ मतान्तरले अग्रता लिनु भएको छ । भट्टराईले ७ हजार १९५ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका श्याम सुन्दर बस्नेतले ४ हजार १३२ मत पाउनु भएको छ ।
अहिले वडा नं. ५ को मतगणना भइरहेको छ । वडा नं. ५ मा वडाध्यक्षसहित प्यानलै एमाले अगाडि छ ।
प्रकाशित | ३ जेष्ठ २०७९, मंगलवार ०९:४४