सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापासँग बालबालिकाले गरे अन्तरक्रिया

भक्तपुर : सूर्यविनायक नगरपालिका, स्थानीय बाल अधिकार समिति र नगर बाल क्लब संजालको संयुक्त आयोजनामा बालबालिका सँग जनप्रतिनिधि कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा वडा बाल क्लब र नगर बाल क्लब सञ्जालको प्रतिनिधित्व गरेर बाल क्लबका सदस्यहरुले बालबालिकाहरुले देखेका, भोगेका र सुनेका समस्याहरु प्रत्यक्ष रुपमा मेयर, उपमेयर, वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिहरु माझ प्रश्न उत्तर गरेका थिए ।

No description available.

बालबालिकाकाहरुले आफ्नो सर्वाङ्गिण विकासको लागि बाल सहभागी, बाल विकास, बाल संरक्षण र बाल बचाउका क्षेत्रहरुमा भएको समस्याहरु सहित नगरपालिकाले बालबालिकाहरुको लागि गर्नु पर्ने कामहरु बारे समेत सुझाव दिएका थिए ।

उक्त सुझाव र प्रश्नहरुलाई समेट्दै नगर प्रमुख बासुदेव थापाले समृद्ध सुर्यविनायक नगरपालिका निर्माण गर्न बालबालिका माथि लगानी सुनिश्चित गरि बालबालिकाहरु प्रति संवेदनशील भएको बताउनु भयो ।

मेयर थापाले बालबालीकाको विषयमा नगरपालिकाले नीति कार्यक्रम तर्जु गरि अबको कार्यक्रम सामाजिक विकास तर्फको कामहरु उच्च प्राथमिकता दिएर बालबालिकाहरुले दिनु भएको सुझाव सल्लाहलाई ग्रहण गरि बालबालिकाहरुको समस्या समाधान गर्न नगरपालिका सदैव तयार रहेको स्पष्ट पार्नु भयो । साथै उहाँले बालमैत्री स्थानीय शासन नगरपालिका बनाउँन लागि पर्ने पनि विश्वास व्यक्त गर्नु भयो ।

साथै, नगरपालिकाको उपमेयर एंव स्थानीय बालअधिकार समिति संयोजक सरिता भट्टराईले बालबालिका सम्बन्धि कार्ययोजना तयार गर्ने काम भईरहेको र आजको छलफल बाट प्राप्त भएको सुझाव सल्लाहहरुलाई समेटेर बालबालिका सम्बन्धि कार्ययोजना तयारी पारि बालअधिकार सुनिश्चित नगरपालिका बनाउँन भविष्यका कर्णधार, वर्तमानका साझेदार बालबालिकाहरुलाई केन्द्रमा राखेर नगरपालिकाहरु नीति कार्यक्रमहरु तय गर्ने विचार व्यक्त गर्नु भयो ।

May be an image of 13 people, people sitting, people standing and indoor

कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कंडेल, वडा अध्यक्ष पुष्पराज बस्नेत, कार्यपालिका सदस्य सर्मिला लम्साल बस्नेतले बालबालिकाहरुले उठाउनु भएको सवालहरुलाई नगरपालिकाले गम्भीरतापूर्वक ग्रहण गरि प्राथमिकताको आधारहरु तय गरेर समाधान गर्दै लैजाने र यो नगरपालिकाको सुन्दर भविष्य बोकेको बालबालिकाहरुको क्षमता अभिवृद्धि गर्न वडा तह देखि नै बाल सहभागीता सुनिश्चित गर्न विभिन्न कार्यक्रमहरु संचालन गर्ने विचारहरु व्यक्त गर्नु भयो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक एंव वडा अध्यक्ष कार्यक्रमका सभाध्यक्ष रविन्द्र सापकोटाले बालबालिकाहरुले उठान गर्नु भएको सवालहरु समय अपेक्षा भएको र यस तर्फ नगरपालिका र सरोकारवालाहरु गम्भीरतापूर्वक लाग्नु पर्ने र बालबालिकाहरुले आफ्नो अधिकार सँगसँगै दायित्व र जिम्मेवारी पनि भुल्न नहुने, जनप्रतिनिधिहरु सँग आफ्नो कुराहरु राख्न छलफल गर्न निर्धक्कका साथ बालबालिकाहरुलाई आउँन अनुरोध गर्दै बालक्लबमा आबद्ध बालबालिकाहरुले नगरपालिकाको संरचना, यसले काम गर्ने प्रक्रियाहरु बारे पनि बुझ्नु पर्ने बताउनु भयो ।

त्यसको लागि नगरपालिका सदैव बालबालिकाहरुको हक अधिकार सुनिश्चित गर्न तत्पर रहेको बताउनु भयो ।


प्रकाशित | ८ आश्विन २०७९, शनिबार २१:२३