मध्यपुर थिमिमा कांग्रेसले लियो ३ हजार मतले अग्रता

भक्तपुर:  भक्तपुर मध्यपुर थिमि नगरपालिकामा कांग्रेसका सुरेन्द्र श्रेष्ठले करिब ३ हजारको अग्रता लिनु भएको छ । वडा नं. १, २, ३ र ४ को मत गनीसक्दा श्रेष्ठले २ हजार ९६७ को फराकिलो मतान्तर कायम राख्नु भएको हो ।

५ वडाको मत गनीसक्दा श्रेष्ठले ९ हजार ६७९ मत प्राप्त गर्नु भएको छ भने एमालेका मदनसुन्दर श्रेष्ठले ६ हजार ७१२ मत पाउनु भएको छ । त्यस्तै, मेयरमा नेमकिपाका तर्फबाट आशाहरि प्रजापतिले ६५३ मत पाउनु भएको छ भने राप्रपाका उम्मेदवार भुवन बाग श्रेष्ठले ६३५ मत प्राप्त गर्नु भएको छ ।

त्यस्तै, उपप्रमुखमा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ८ हजार २५९ मतका साथ अग्रता कायम राख्नु भएको छ । नेकपा एमालेकी उत्तरा नेपालले ५ हजार ६३८ मत प्राप्त गर्नु भएको छ ।

यसअघि थिमिको १, २ , ३ र ५ वडामा कांग्रेस विजयी भएको छ भने वडा नं. ४ मा एमालेले विजयी शुरुवात गरेको छ ।

May be an image of text that says 'प्यपुर्धिविनमारपलिकायडान:५ नगरपालिकाचडान:५ 4800 सदरमत:4746 4746 चिन्ह प्रमुख महिला दलित महिला उप प्रमुख बडा अध्यक्ष सदस्य सदस्य 1,797 1,125 सदस्य सदस्य एक चिन्ह चिन्ह 1,393 प्रमुख जम्मा 1,588 2,247 उप प्रमुख जम्मा गोलाकार गोलाकारभित्रको हैसियाहथौडा 2,362 1,296 1,921 6,712 2,341 638, 1,930 ਫल्ककी छाता 1,716 1,484 9,679 साइकल कलम 1 8,259 118 83 35 63 10 66 14 75 407 54 454 454 72 394 5 504 635 गोलाकार आघा आघाखोसेलो निकालिएको मकेको घोगो पुतली 391 512 579 653 14 1 व्याडममिन्टन कर्फ 17 खरायो 1 17 268 6 41 25'

प्रकाशित | २ जेष्ठ २०७९, सोमबार २२:४२