कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ । हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ । प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

बुधबार प्रदेश १ को पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।


प्रकाशित | २१ चैत्र २०७८, सोमबार ०७:५७