कुँवर नेतृत्वको एनआरएनएले भन्यो – तीन अध्यक्षसहितको जम्बो कार्यसमिति कुनै हालतमा अधिकारिक हुन सक्दैन

काठमाडौं : विनोद कुँवर नेतृत्वको एनआरएनएले राष्ट्रिय समन्वय परिषदहरुसँग अत्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरकृया कार्यक्रम एनसिसीहरुसँग कसरी सहकार्य र समन्वय गर्न सकिन्छ भन्ने बिषयमा जानकारी दिन र गराउन आयोजना गरिएको हो ।

संघका प्रवक्ता प्रकाश धमलाद्धारा जारी विज्ञप्ति अनुसार जुम भर्चुअल माध्यमबाट आयोजना गरिएको अन्तरकृया कार्यक्रममा ३० भन्दा बढी देशहरुबाट झण्डै १३० जना गैर आवासीय नेपालीहरुको सहभागिता रहेको थियो। सहभागीहरुले तीन अध्यक्षसहितको जम्बो कार्यसमिति कुनै हालतमा पनि अधिकारिक हुनै नसक्ने र सो मान्य नहुने बताएका थिए ।

अन्तरकृया कार्यक्रममा आफ्नो गतिविधि निर्वाध रुपमा अधि बढाउन सहभागीहरुले अध्यक्ष कुँरलाई सुझाव दिदैं कुनै पनि संस्थामा कार्यक्रमको उद्घाटन र समापन कसले गर्यो भन्ने कुराले भन्दा संस्थाको विधि विधान र नियम कानून बमोजिम कार्यक्रम सम्पन्न भए नभएको कुराले नै आधिकारिकता पाउने कुरा व्यक्त गरेको प्रवक्ता धमलाले जानकारी गराउनुभयो ।

१० औं ललितपुर महाधिवेशनबाट राजनीतिक भागभन्डाको आधारमा मनोनित भएका प्रवक्ता द्वयले संघको लेटर हेड र छापको प्रयोग सम्बन्धमा निकालेको बक्तव्य भ्रामक भएको भन्दै आपत्ति जनाएका छन् ।

१० औं काठमाण्डौं महाधिवेशनबाट निर्वाचित भएका कार्यसमितिलाई लेटर हेड र छाप मात्र होइन, संघको भवन तथा बैंक खाता समेत आफ्नो अधिनमा ल्याई संचालन गर्न आग्रह गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष कुँवरले आफ्नो कार्यसमिति द्वन्दात्मक परिस्थिति सृजना गर्ने भन्दा पनि सहकार्य र समन्वयवाट अघि बढ्न खोजेको बताउनु भयो ।

१० औं ललितपुर महाधिवेशनबाट राजनितिक भागवण्डाको आधारमा मनोनित भएका कार्यसमितिका पदाधिकारीहरुलाई उहाँको कार्यसमितिसंग हातेमालो गरी अघि बढ्न अनुरोध गर्नु भयो ।

सो अवसरमा संघका निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घलेले कुनै पनि संस्था सिद्धान्त, मूल्य मान्यता, आकांक्षा र जनचहाना अनुसार अघि बढ्ने वताउँदै हाल उत्पन्न परिस्थिति केहि समय पहिले देखिनै बिकसित भईरहेको औल्याउनु भयो ।

उहाँले १०औं महाधिवेशनले हालसम्म विध्यमान संघको अन्तरराष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट प्रकृया, संघमा महिला तथा युवाहरुको प्रतिनिधित्व र संघको नेतृत्व चयन गर्ने प्रकृया जस्ता प्रमुख मुद्दाहरुमा घनिभूत छलफल गरि अनुमोदन
गरिसकेले आगामी दिनमा आईसिसिले एनसिसीसँग साझेदारी गर्दै त्यस्ता रुपान्तरणका मुद्दाहरु कार्यान्वयन गर्न लागि पर्नुपर्ने कुरामा जोड दिनुभयो।

संघका निवर्तमान संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचनले १० औं काठमाण्डौं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै अधिकारिक भएको बताउनु हुँदै अध्यक्ष विनोद कुँवरको कार्यसमितिलाई सफल कार्यकालको लागि शुभकामना दिनु भयो ।

फोटो विवरण उपलब्ध छैन।
फोटो विवरण उपलब्ध छैन।
May be an image of text

प्रकाशित | २ जेष्ठ २०७९, सोमबार २०:४८