काठमाडौं उपत्यकामा ३०१ सहित नेपालमा ८८५ कोरोना संक्रमित थपिए, ११ जनाको निधन

काठमाडौं – नेपालमा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा १३ हजार २५३ जनाको पिसिआर परिक्षण गरिएकोमा ८८५ जनामा कोरोना संक्रमण देखिएको हो । यो सहित संक्रमितको संख्या ३४ हजार ४१८ जना .पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सहित नेपालमा हालसम्म १९ हजार ५०४ उपचारपछि निको भएका छन्।

हाल संस्थागत आइसोलेसनमा ८ हजार ७ सय ११ जना छन् भने होम आइसोलेसनमा ६ हजार २८ जना छन् । हाल ८ हजार ८३२ जना क्वारेन्टाईनमा छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३०१ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंका २३० जना, भक्तपुरका २४ जना र ललितपुरका ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रवक्ता डा.गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप ११ जनाको निधन भएको छ । दुई महिला र ९ पुरुषको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । योसँगै कोरोनाले नेपालमा ज्यान गुमाउनेको संख्या १७५ पुगेको हो । यो संक्रमितको ०.५ प्रतिशत रहेको प्रवक्ता डा. गौतमले जानकारी गराउनुभयो ।


प्रकाशित | १० भाद्र २०७७, बुधबार १६:३७