काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आन्तरिक लेखापरीक्षण समिति गठन गरेको छ। संघको आर्थिक हिसाब–किताब व्यवस्थित र पारदर्शी बनाउन ५ सदस्यीय आन्तरिक लेखापरीक्षक समिति गठन गरिएको हो ।
लेखा परीक्षण समितिमा नेदरल्याण्ड्स निवासी इन्दिरा लामालाई संयोजकको जिम्मेवारी दिइएको छ । लामासँग अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ ।
संघका कोषाध्यक्ष सुनील साहका अनुसार सदस्यमहरुमा नवीन कुमार (अमेरिका), गोपाल सिम्खडा (नेपाल), रितिषा शर्मा (नेपाल) र अनुप श्रेष्ठ (नेपाल) रहेका छन्। नवीन कुमार आर्थिक व्यस्थापनमा विज्ञ हुनुहुन्छ भने सिम्खडासँग लेखा तथा लेखापरीक्षणमा अनुभव छ।
यस्तै शर्माले गैर–सरकारी संस्थाा लेखा प्रणाली तथा लेखापरीक्षणमा विज्ञता हासिल गर्नु भएको छ भने श्रेष्ठ पनि लेखा प्रणाली र लेखापरीक्षणमा अनुभवी हुनुहुन्छ ।
कोषाध्यक्ष साहका अनुसार यो समितिले संघको केन्द्रीय कोष, क्षेत्रीय कोष र राष्ट्रिय समन्वय परिषद्को कोषको लेखा प्रणालीको अनुगमन, जाँच तथा सुझाव दिनेछ।
संघले हरेक तीन–तीन महिनामा सम्पूर्ण वित्तिय कारोबार सार्वजनिक गर्दै आएको छ, जुन सर्वसाधारणले सजिलै वेभसाइटमार्फत हेर्न सक्छन्।


प्रकाशित | २ जेष्ठ २०७९, सोमबार २०:२९