भूमी अतिक्रमणको विरोधमा एनआरएनए फान्सले पठायो भारतीय प्रधानमन्त्री मोदीलाई विरोधपत्र

पेरिस : नेपाली भूमी अतिक्रमणको विरोधमा गैर आवासीय नेपाली संघ (एनआरएनए ) फान्सले भत्सर्ना  गर्दै फान्समा रहेको भारतीय राजदूतावासमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएको छ ।

भारतले नेपाली भूभाग लिपुलेख हुँदै तिव्वतको मानसरोवर जोड्ने सडक निर्माण गरेको बिरोधमा एनआरएनए फ्रान्सले भारतीय राजदुतावास पेरिस, फ्रान्समार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएको हो ।

Image may contain: text

No photo description available.

हुलाकमार्फत पठाइएको ज्ञापनपत्रमा एनआरएनए फान्सका अध्यक्ष नरेन्द्र शाही (ठकुरी ) र महासचिव मिन श्रेष्ठको हस्ताक्षर रहेको छ । ज्ञापनपत्रमा नेपाली भूभाग कालापानी, लिम्पियाधुरा, लिपुलेकलगायतको मिचेको भूमि फिर्ता गर्न आग्रह गरिएको छ ।

No photo description available.

 


प्रकाशित | १० जेष्ठ २०७७, शनिबार १४:५२