मध्यपुर थिमिमा कांग्रेसले लियो १७ सय बढी मतको अग्रता, कसले पाए कति मत ?

भक्तपुर:  मध्यपुर थिमि नगरपालिकामा कांग्रेसका सुरेन्द्र श्रेष्ठले १ हजार ७ सय भन्दा बढी मतका साथ अग्रता कायम राख्नु भएको छ । १, २ र ३ वडाको मत गनीसक्दा श्रेष्ठले १ हजार ७२१ मतका साथ अग्रता कायम राख्नु भएको हो ।

श्रेष्ठले ४ हजार ८ सय ११ मत पाएर अग्रता लिनु भएको छ भने एमालेका मदनसुन्दर श्रेष्ठले ३ हजार ९० मतसहित पछ्याई रहनु भएको छ ।

त्यस्तै, मेयरमा राप्रपाका उम्मेदवार भुवन बाग श्रेष्ठले ४ सय १० मत प्राप्त गर्नु भएको छ भने नेमकिपाका तर्फबाट आशाहरि प्रजापतिले १ सय २९ मत पाउनु भएको छ ।

उपप्रमुखमा नेकपा एमालेकी उत्तरा नेपालले ३ हजार ५६९ मतका साथ अग्रता कायम राख्नु भएको छ भने गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले २ हजार ८११ मत ल्याउनु भएको छ ।

यसअघि थिमिको १, २ र ३ वडामा कांग्रेस विजयी भइसकेको छ । अहिले वडा नं. ४ को मतगणना जारी छ ।

No photo description available.

No photo description available.

प्रकाशित | १ जेष्ठ २०७९, आईतवार २२:३३