समृद्धि देश निर्माण गर्न स्थिर राजनीति अपरिहार्यः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका लागि स्थिर राजनीति अपरिहार्य रहेको बताउनु भएको छ ।
नयाँ वर्ष सन् २०२१ को अवसरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपालको आकांक्षा पूरा गर्नका लागि स्थिर राजनीति अपरिहार्य रहेको उल्लेख गर्नु भएको हो ।
आगामी दिनमा सुशासन र विकासको बाटोबाट अघि बढ्ने पनि उहाँले प्रतिवद्धता जनाउनु भएको छ ।


प्रकाशित | १७ पुष २०७७, शुक्रबार १३:३७