चाँगुनारायण नगरपालिका-२ मा कांग्रेसका सोम प्रधान विजयी

भक्तपुर : चाँगुनारायण नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट सोम प्रधान वडाध्यक्षमा विजयी हुनु भएको छ । प्रधानले ११ सय ७७ मत ल्याउँदै विजयी हुनु भयो । उहाँको निकटतम प्रतिद्धन्द्धी एमालेका तर्फबाट मनोज केसीले ११ सय ४८ मत प्राप्त गर्नु भयो ।

सदस्यहरुमा भने एमालेबाट महिलातर्फ राधादेवी गैडा ११ सय ४४ मत, दलितर्फ सीता सुनार ११ सय ५९ मत र खुल्लातर्फ उमेश प्रधानले १ हजार ४८ मत प्राप्त गर्दै विजयी हुनु भयो । अर्का एक खुल्ला सदस्यमा भने कांग्रेसका प्रेम खत्रीले ९७५ मत प्राप्त गर्दै विजयी हुनु भयो ।


प्रकाशित | १ जेष्ठ २०७९, आईतवार १८:३९