चाँगुनारायणको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

भक्तपुर: चाँगुनारायण नगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमालेले अग्रता कायम गरेको छ । नगरपालिकाको वडा नं. १ को मत गनीसक्दा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार जीवन खत्री र उपमेयरमा एमालेका तर्फबाट रमेश बुढाथोकीले अग्रता कायम गर्नु भएको हो ।

चाँगुमा खत्रीले ११ सय ३७ मत प्राप्त गर्दा एमालेबाट मेयरको उम्मेदवार रहनु भएकी विणा बास्तोलाले १ हजार ५७ मतका साथ पछ्याइरहनु भएको छ भने तेस्रोमा राप्रपाका रविन्द्र प्रताप शाहले ४७० मत प्राप्त गर्नु भएको छ ।

उपमेयरमा एमालेको तर्फबाट बुढाथोकीले ११ सय ८२ र कांग्रेसको तर्फबाट सुभद्रा काफ्लेले ११ सय ५ मत प्राप्त गर्नु भएको छ । चाँगुको १ वडामा कांग्रेसका सिजन कार्कीसहित प्यानलनै विजयी भएको छ ।


प्रकाशित | १ जेष्ठ २०७९, आईतवार १२:५०