कालिन्चोकमा अर्जुन र गणेश शिवाकोटीबीच कडा प्रतिस्पर्धा

दोलखा : कालिन्चोक गाउँपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार अर्जुन शिवाकोटी र एमालेका गणेश शिवाकोटीबीच कडा प्रतिस्पर्धा देखिएको छ । अर्जुनले वडा नं. १ देखि लिनु भएको अग्रता अझै कायम राख्नु भएको छ भने गणेशले पछ्याइरहनु भएको छ । दुवैबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

अर्जुन वडा नं. १ को गणना हुँदा सम्म ४९ मतले अग्रता लिनु भएको थियो । तर वडा नं. २ मा ७३३ मत गन्दा भने २१ मतले मात्र अगाडि हुनुहुन्छ । वडा नं. १ को मत गनीसक्दा अर्जुनले ४३६ मत प्राप्त गर्दा गणेशले ३८७ मत प्राप्त गर्नु भएको थियो ।

तर पछिल्लो मतपरिणमअनुसार वडा नं. २ मा ७३३ मत गन्दा गणेशले २०७ मत ल्याउनु भएको छ भने अर्जुनले १७९ मत प्राप्त गर्नु भएको छ । वडा नं १ सहित कुल प्राप्त मत जोड्दा अर्जुनले हालसम्म ६१५ र गणेशले ५९४ मत प्राप्त गर्नु भएको छ । यो २१ मतको मात्र अन्तर हो ।

उपप्रमुखमा एमालेको तर्फबाट कविता थामीले अग्रता कायमै राख्नु भएको छ । थामीले अहिलेसम्म ७७२ मत पाउनु भएको छ । गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका कुल बहादुर बुढाथोकीले ५६९ मत पाउनु भएको छ । वडा नंं. २ मा ७३३ मत गन्दा भने थामीले २०४ र बुढाथोकीले २१४ मत पाउनु भएको छ ।


प्रकाशित | १ जेष्ठ २०७९, आईतवार १०:१०