धर्म निरपेक्षता खारेजीको माग गर्दै कमल थापाले जलाए ‘धर्म निरपेक्षता’ लेखेको पर्चा: दर्जन पक्राउ

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कलम थापाले धर्मनिरपेक्षता खारेजीको माग गर्दै धर्मनिरपेक्षता लेखेको पर्चा जलाउनुभएको छ । अध्यक्ष थापाले शुक्रबार धर्मनिरपक्षता खरेजीको माग गर्दै प्रदर्शन गर्ने क्रममा रत्नपार्कमा धर्म निरपेक्षता लेखेको पर्चा जलाउँनुभएको हो । सो क्रममा दर्जन नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। प्रदर्शनमा उनीहरुले आफैले धर्म निरपेक्षता लेखिएको पर्चा ल्याएका थिए। सोही पर्चा प्रदर्शनमा जलाएका हुन्। राप्रपाले देशैभरि धर्मनिरपेक्षताको विरोधमा आन्दोलन गरिरहेको छ ।


प्रकाशित | ६ बैशाख २०७६, शुक्रबार १७:४७